logo-img

मैदानबाट बाहिरिएपछि धुरुधुरु रोए मेस्सी

कोपा अमेरिका फुटबलको फाइनलमा कोलम्बियाविरुद्ध अर्जेन्टिनी कप्तान लिओनल मेस्सी घाइते भएका छन् । उनी दोस्रो हाफको ६५औँ मिनेटमा मैदानमा लडेका थिए ।

त्यसपछि खेल्न असमर्थ भएपछि मेस्सी मैदान बाहिरिए । महत्वपूर्ण समयमा मैदान बाहिरिँदा उनी निकै भावुक देखिन्थे । मैदानबाट बाहिरिएको लामो समयसम्म मेस्सी अर्जेन्टिनी टिमको बेन्चमा रोए । 

अमेरिकाको हार्डरक स्टेडियममा जारी खेलमा ७१औँ मिनेटसम्म दुवै टिमले गोल गर्न सकेका छैनन् । अर्जेन्टिनाले सेमिफाइनलमा क्यानडालाई २–० तथा कोलोम्बियाले उरुग्वेलाई १–० ले हराउँदै फाइनलको टिकट पक्का गरेका थिए । अब यी दुई टिम फाइनल पनि जित्दै कोपा ट्रफी चुम्न चाहन्छन् ।  

हालसम्म अर्जेन्टिनाले २९ पटक कोपा फाइनलमा स्थान बनाउँदा १५ पटक उपाधि जितेको छ । उसले गत संस्करणमा ब्राजिललाई १–० ले हराउँदै सर्वाधिक कोपा उपाधि जित्ने मामलामा उरुग्वेको रेकर्ड बराबर गरेको थियो ।

यसपालि अर्जेन्टिना उरुग्वेलाई पछि पार्दै १६औँ पटक उपाधि जित्ने लक्ष्यमा छ । यस्तै, २३ वर्षपछि कोपा फाइनल खेलिरहेका कोलोम्बिया पनि उच्च लयमा छ । उसले पछिल्लो २८ खेलयता हारको सामना गरेको छैन । सन् २००१ को कोपा च्याम्पियन कोलोम्बिया यसपटक अर्जेन्टिनालाई पनि हराएर वर्षौँदेखिको उपाधि खडेरी तोड्ने अभियानमा छ ।

हालसम्म अर्जेन्टिना र कोलोम्बियाले ४३ अन्तर्राष्ट्रिय खेलमा एकअर्काको सामना गरेका छन्, जसमा अर्जेन्टिनाले २६ खेल जितेको छ । यस्तै, कोलोम्बियासँग अर्जेन्टिना ९ खेलमा पराजित भएको विगत छ । यी दुई टिमले ८ खेल भने ड्र खेलेका छन् ।





  • प्रकाशित मिति : असार ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया