भारतमा टिकटकमाथिको प्रतिबन्ध हट्यो

एजेन्सी– पछिल्लो समय निकै चर्चामा रहेको भिडियो एप टिकटकमाथि भारतमा लागेको प्रतिबन्ध हटेको छ । मद्रासको उच्च अदालतले बुधबार यो एपमाथि प्रतिबन्ध हटाउने फैसला गरेको हो । यसअघि यही अदालतले लगाएको प्रतिबन्धका कारण टिकटक गुगल प्लेस्टोर तथा एप्पल स्टोरबाट हटाइएको थियो ।

यसअघि भारतको सर्वोच्च अदालतले मद्रासको उच्च अदालतलाई टिकटकमाथि लागेको प्रतिबन्धबारे पुनर्विचार गर्न अनुरोध गरेको थियो । यो विषयमा पुनर्विचार नभएमा २४ अप्रिलदेखि टिकटकमाथिको प्रतिबन्ध हटाइने भारतीय सर्वोच्च अदालतले जनाएको थियो । यसअघि टिकटकमा अश्लिल र गलत भिडियो देखाइएको र यसले भारतीय बच्चामाथि नकारात्मक असर पारेको मद्रासको उच्च अदालतले बताएको थियो ।

मद्रासको अदालतको फैसलालाई चुनौति दिँदै टिकटकका संस्थापकहरुले भारतको सर्वोचच अदालतमा रिट हालेको थियो ।

चिनियाँ कम्पनीले लन्च गरेको यो एप निकै छोटो समयमा धेरै पपुलर भएको छ । सन् २०१९ को फ्रेबुअरीसम्म मात्र यो एप १ सय करोडभन्दा धेरै डाउनलोड गरिएको छ । टिकटकमाथि बंगलादेश तथा इन्डोनेसियामा चाहिँ यसअघि नै प्रतिबन्ध लगाइएको थियो । 





  • प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार २२:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया