रेलमै रुस पुगे उत्तर कोरियाली नेता किम

एजेन्सी– उत्तर कोरियाली नेता किम जङ–उन रुसको उत्तरमा पुगेका छन् । उनी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहिबार भेटवार्ता हुँदैछ । 

किम आफ्नै रेलमा भ्लादिभोस्तोकमा पुगेका हुन् । यो उनको पहिलो रुस यात्रा हो । रुसी राष्ट्रपति पुटिनसँग पनि उनको यो पहिलो भेटघाट हो । 

किमलाई भ्लादिभोस्तोकमा त्यहाँको संस्कारअनुसार रोटी र नुन दिएर रुसी अधिकारीहरुले स्वागत गरेका थिए । 

यो भेटमा कोरियाको परमाणु कार्यक्रमबारे कुरा गरिने रुसले बताएको छ । किमले भने अमेरिकासँग वार्ता असफल भएकाले रुसको सहयोग माग्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

यसअघि किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हनोइमा गरेको वार्ता असफल भएको थियो । यो किम र ट्रम्पको दोस्रो भेटघाट थियो । तर, उनीहरु परमाणु कार्यक्रमबारे कुनै निष्कर्षमा पुग्न सकेका थिएनन् । 

‘म रुस आइपुगेको छु र मलाई लाग्छ, यो भेटघाट सफल हुनेछ,’ किमले रुसी टेलिभिजनलाई प्रतिक्रिया दिएका छन् ।





  • प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार २२:५०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया