logo-img

चार निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनी र व्यवसायी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयका अनुसार विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण कम्पनी तथा व्यवसायी डेढदेखि २ वर्षसम्मका लागि कालोसूचीमा परेका हुन् । 

बि.एस कन्स्ट्रक्सन, दिपायल र त्यसका मुख्य व्यक्ति अशोककुमार श्रेष्ठ, डोटीको भैरव शक्ति निर्माण सेवा र त्यसका मुख्य व्यक्ति शिवबहादुर खड्का दुई वर्षका लागि कालोसूचीमा परेका सार्वजनिक खरिद अनुगमनको कार्यालयले जनाएको छ । 

त्यस्तै, भारतको भटिन्डा सेरामिक्स प्रालि र त्यसका सञ्चालक भूषण अग्रवाललाई डेढ वर्षसम्म कोलोसूचीमा राखिएको छ ।

काठमाडौंको मस्टा जे.बि.डि कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि र त्यसका सञ्चालक पदमबहादुर तामाङलाई पनि डेढ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । 

हेर्नुहोस्, सूचना :





  • प्रकाशित मिति : साउन २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया