लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडायलाइसिस’ सेवा सुरु भएको छ । अस्पतालमा गएको ३१ असारदेखि सेवा सुरु भएको हो ।
सेवा सञ्चालनका लागि अस्पतालले ४० लाख रुपैयाँ खर्च भएको अस्पतालका चिकित्सक डा. सन्देश पण्डितले बताए । एक विशेषज्ञ चिकित्सक, चार नर्सिङ स्टाफ र दुईजना सहयोगीलाई सेवा सञ्चालनका लागि तालिम दिइएको छ ।
‘फुल फेजमा चलेपछि दैनिक चार जनालाई सहजरूपमा सेवा दिन सकिन्छ’, पण्डितले भने, ‘फुलफेजमा सञ्चालन हुन केही समय लाग्छ ।’ अस्पतालमा डायलाइसिस सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन् ।
टीकापुरका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । कतिपय नेपालगञ्ज र धनगढी जानुपर्ने अवस्था भएकै कारण काठमाडौं बसेर डायलाइसिस गराउने गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।