एसिसी महिला टी–२० एसिया कपको पहिलो खेलमा यूएईविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ । नेपाललाई पाँचौं सफलता कृतिका मरासिनीले दिलाएकी हुन् ।
उनले १४.१ ओभरमा कविशा इगोडाजेलाई २२ रनमा क्याच आउट गराइन् । नेपाललाई चौथो सफलता कप्तान इन्दु वर्माले दिलाएकी थिइन् । उनले ७.२ ओभरमा समाइरा धरनिधर्कलाई १३ रनमा क्याच आउट गराइन् ।
यूएईको तेस्रो विकेट पनि कप्तान वर्माले नै लिएकी थिइन् । उनले ५.३ ओभरमा ओपनर तीर्थ सतीशलाई ९ रनमा आउट गरिन् । नेपाललाई दोस्रो सफलता सबनम राईले दिलाइन् ।
उनले ३.१ ओभरमा रिनिता रजिथालाई ६ रनमा बोल्ड गरिन् । नेपाललाई नेपाललाई पहिलो सफलता रनआउटको रूपमा प्राप्त भयो । दोस्रो ओभरको पाँचौं बलमा यूएईकी कप्तान ईशा ओझा १० रनमा रनआउट भएकी हुन् । उनी यूएईकी प्रमुख ब्याटरमा पर्छिन् ।
नेपाल र यूएईबीचको खेल श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको हो । नेपाललाई आज ऐतिहासिक जित निकाल्ने मौका छ । हालसम्म नेपालले एसिया कपमा जित निकाल्ने सकेको छैन ।
नेपाल सन् २०१२ मा नेपाल बंगलादेश, श्रीलंका र चीनसँग पराजित भएको थियो । यस्तै, नेपालले सन् २०१६ को एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्याण्डसँग पराजय बेहोरेको थियो ।
हालसम्म नेपाल र यूएईबीच चार खेलमा भेट भएको छ, जसमा नेपालले दुई र यूएईले एक खेल जितेको छ । यी दुई टिमबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।