logo-img

यूएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, सम्झनाको आक्रामक ब्याटिङ

एसिसी महिला टी–२० एसिया कपको पहिलो खेलमा यूएईले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालले चार ओभरको खेल सकिँदा बिनाविकेट ३३ रन बनाएको छ ।

यो समाचार तयार पार्दासम्म क्रिजमा सम्झना खड्का (२१) र सीता राना मगर (दुई) रहेका छन् । सम्झनलो १४ बलमा २१ रन बनाएकी हुन् । सीताले भने दुई रन जोड्न १० बल खेलेकी छन् ।

त्यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो । यूएईका लागि खुशी शर्माले ३९ बलमा दुई चौकासहित सर्वाधिक ३६ रन बनाइन् ।

यस्तै, कविशा इगोडाजेले २२, समाइरा धरनिधर्कले १३ र कप्तान ईशा ओझाले १० रन जोडे । नेपालका लागि कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गरिन् । उनले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । यस्तै, कविता जोशी, कृतिका मरासिनी र सबनम राईले एक/एक विकेट लिए । 

नेपाललाई आज ऐतिहासिक जित निकाल्ने मौका छ । हालसम्म नेपालले एसिया कपमा जित निकाल्ने सकेको छैन । नेपाल सन् २०१२ मा नेपाल बंगलादेश, श्रीलंका र चीनसँग पराजित भएको थियो । 

यस्तै, नेपालले सन् २०१६ को एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्याण्डसँग पराजय बेहोरेको थियो । हालसम्म नेपाल र यूएईबीच चार खेलमा भेट भएको छ, जसमा नेपालले दुई र यूएईले एक खेल जितेको छ । यी दुई टिमबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ । 





  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया