११ र १२ को परीक्षा व्यवस्थित र मर्यादित गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख १५ गते देखि सुरु हुने कक्षा ११ र १२ को परीक्षा व्यवस्थित, भयरहित र मर्यादित बनाउन सबै सरोकारवालालाई निर्देशन दिएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै शिक्षामन्त्री पोखरेलले सबै निकाय जिम्मेवार भएर हालै कक्षा १० को परीक्षामा देखिएका जस्तो अमर्यादित कार्य कुनै पनि हालतमा हुन नदिन राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन दिएको बताइएको छ ।

प्रदेश नम्बर २ का विभिन्न जिल्लामा परीक्षाअगावै प्रश्नपत्र आउट भएपछि सरकारको चर्को विरोध भएको थियो ।





  • प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार १६:२३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया