नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेसम्म कुनै पनि भ्रष्टाचारको काण्डमा माओवादी नमुछिएको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको र हेप्न खोजे त्यो एउटा सपना मात्र हुने जिकिर गरेका हुन् ।
उनले भने, ‘सत्तापक्षका एक जना वरिष्ठ नेताले विदेशमा गएर माओवादीलाई आगामी चुनावमा दुवै पार्टीले नलिने सर्तमा गठबन्धन गरिएको भन्नु भएको रहेछ । क्या गज्जब ! भ्रष्टाचारले टुङटुङती गनाएर सिनोमा परिवर्तन हुन लागेका तपाईँहरूले हामीलाई युद्धमा टाउकोको मोल तोक्ने, शङ्का लाग्ने बित्तिकै गोली ठोक्न आदेश दिएको होइन ? गोलीसँग नहिलेको, कुनै नीतिगत भ्रष्टाचारको काण्डहरूमा नमुछिएको माओवादीलाई हेप्न खोज्नु भएको छ भने त्यो तपाईँहरूको दिवा सपना हुनेछ । ’
साथै उनले जनताले माओवादी जस्तो पार्टीलाई मात्र बोक्ने बताए । उनले भ्रष्टाचारमा नमुछिएकोले छाती खोलेर जनताका माझ गर्व गर्न सक्ने हैसियत बनाएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।