चीनको बढ्दो लगानीले त्रसित छ युरोप ?

एजेन्सी– युरोपेली युनियन (इयु)ले आफ्ना सदस्य देशहरुमा बढ्दो विदेशी लगानीबारे नियन्त्रण गर्न एउटा नयाँ योजनाको सुरुवात गरेको छ । यसको प्रमुख कारण युरोपेली बजारमा बढ्दै गएको चिनियाँ लगानी हो भन्ने विश्लेषण गरिएको छ । यो नयाँ योजनाअन्तर्गत अब युरोपेली संघले युरोपेली कमिसनमाथि आफ्नो एजेन्डा र राय राख्न सक्छ । यी राय विशेषगरि विदेशी लगानीको विषयमा हुने बताइएको छ ।

मार्चमा मात्र युरोपेली कमिसनले चिनियाँ लगानी आफूहरुका लागि चुनौति हुनसक्ने ठहर गरेको थियो । 

युरोपेली संघमा चिनियाँ राजदूतले चाहिँ आफूहरुमाथि कुनै भेदभाव हुन नहुने बताउँदै आएका छन् ।

इयु तर्सनुको कारण चाहिँ यो एक दशकमा युरोपेली देशहरुमा बढ्दै गएको चिनियाँ लगानी प्रमुख कारण हो । विदेशी लगानीको हिसाब गर्दा युरोपेली देशहरुमा ९.५ प्रतिशत चीन वा हङकङ तथा मकाओको लगानी रहेको छ । सन् २००७ सम्म योे लगानी जम्मा २.५ प्रतिशत थियो । 

अर्कोतिर अहिले अमेरिका तथा क्यानडाको युरोपमा लगानी विदेशी लगानीको २९ प्रतिशत छ । सन् २००७ मा यो ४२ प्रतिशत थियो । यसको अर्थ हो, पछिल्लो समय युरोपमा क्यानडा र अमेरिकाको लगानी घटिरहेको छ भने चीनको लगानी निकै द्रुत गतिमा बढिरहेको छ ।

सन् २०१६ मा चीनको प्रत्यक्ष विदेशी लगानी युरोपेली देशमा ३७.२ बिलियन युरो पुगेको थियो ।



त्यसमाथि चीनको प्रत्यक्ष लगानी सरकारी तथा निजी दुवै क्षेत्रमा छ । रोडियम ग्रुप र मरकेटर इन्स्टिच्युटको रिपोर्टलाई आधार मान्ने हो भने बेलायत, फ्रान्स, जर्मनीमा चीनको लगानी सबैभन्दा बढी छ । गत वर्ष ब्लूमबर्गले निकालेको एक विश्लेषणले युरोपका चार विमानस्थल ६ बन्दरगाह तथा १३ फुटबल टिममा चीनको लगानी थियो ।

मार्चमा इटाली चीनको वान बेल्ट वान रोड परियोजनामा सहभागी भएपछि युरोपमा चिनियाँ प्रभावका कारण डर झन् बढेको विश्लेषण छ ।



–    बिबिसीबाट
 

  • प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार २२:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया