logo-img

दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन इजरायल सहमत

नेपालका लागि इजरायली राजदूत हनान गोदारले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । उक्त भेटमा इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । 

हाल पाँच सयजना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार छनोटका चरणमा छन् । यसअघि जम्मा आठ सय नेपाली श्रमिक लैजाने भनिए पनि आजको भेटपछि इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको हो । 

आठ सयलाई बढाएर एक हजार मुख्य उम्मेदवार बनाउने र थप एक हजार वैकल्पिक उम्मेदवार गरी कूल दुई हजारसम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत छलफल भएको थियो ।





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया