logo-img

एक वर्षमा पाथीभरामा ४ करोड भेटी संकलन

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब ४ करोड भेटी सङ्कलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रूपमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो । 

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै १ करोड ६ लाख ४३ हजार १ सय ७२ भेटी सङ्कलन भएको थियो ।  

पुसमा ३५ लाख २९ हजार, माघमा २४ लाख १ हजार ५ सय र फागुनमा ५५ लाख ६० हजार आठ सय ८० रुपैयाँ भेटी सङ्कलन भएको समितिले जनाएको छ । 

पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए । चैतमा मात्र ७५ लाख ७ हजार १ सय ५० रुपैयाँ भेटी सङ्कलन भएको उनले जानकारी दिए । 

पाथीभरा क्षेत्र विकास समितिले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा ६९ लाख ३२ हजार चार सय, जेठमा १५ लाख ६५ हजार ९ सय ६५ र असारमा  १६ लाख ८८ हजार ९ सय रुपैयाँ भेटी सङ्कलन भएको उल्लेख गरिएको छ । 

गत आवमा २ लाख ३१ हजार ३ सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ ।  





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया