साताको अन्तिम कारोवार दिन आज (बुधबार) नेप्से घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से आज २७.३२ अंकले घटेर बन्द भएको हो ।
आज नेप्से सामान्य उतारचढाव हुँदै २५३६.११ अंकमा झरेको छ । कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ । साथै दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेप्सेमा कुल १६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । समग्र बजार घट्दा पनि तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल तराई, एसियन हाइड्रोपावर, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ ।
चिरख्वा हाइड्रोपावरका. ७.७, सुपरमादी हाइड्रोपावरको ६, थ्रीस्टार हाइड्रोपावरको ५.९ तथा मुक्तिनाथ कृषि कम्पनीको मूल्य ५.७ प्रतिशत घटेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।