बिआरआई सम्मेलनमा राष्ट्रपति भण्डारीले गरिन् नेपालीमा नै सम्बोधन

काठमाडौ‌— चीनको बेइजिङमा चलिरहेको दोस्रो बेल्ट एन्ड रोड बिआरआई, अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीमा नै सम्बोधन गरेकी छन् । संयुक्त राष्ट्र संघका महासचिव, अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक र ३७ वटा मुलुकका सरकार प्रमुख गरी पाँच हजार विदेशी प्रतिनिधिमाझ भण्डारीले नेपाली भाषामै सम्बोधन गरेकी हुन् ।

सम्बोधनको सुरुमै सगरमाथा र बुद्धलाई सम्झिँदै राष्ट्रपति भण्डारीले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मभूमि नेपाल र नेपाली जनताको तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा प्रकट गर्दछु’ भनेर सम्बोधन सुरु गरेकी थिइन् । उनले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई चीनको ७०औँ वार्षिकोत्सवका उपलक्ष्यमा बधाइ  पनि ज्ञापन गरिन् ।

सम्बोधनमा राष्ट्रपतिले लामो समयको राजनीतिक उतारचढावपश्चात् नेपालमा पनि राजनीतिक स्थिरता आएको बताइन् । नेपालको राष्ट्रिय आकांक्षा  ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणाबाट निर्देशित भएको बताउँदै भण्डारीले सन् २०३० को सहश्राब्दी विकास लक्ष्य प्राप्तिका लागि नेपालले पनि मध्यम आय भएको मुलुक बन्ने अठोट गरेको बताइन् ।






  • प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार १५:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया