logo-img

निर्माण क्षेत्रका लागि मौद्रिक नीति कोसेढुंगा साबित हुने उद्योगीको विश्वास

 नेपाल निर्माण उद्योग परिषद्ले राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिले निर्माण क्षेत्रमा कोसेढुंगा साबित हुने जनाएको  छ । शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग परिषद्ले संकटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सूचारु हुनका लागि नीतिले कोसेशेढुंगा साबित हुने जनाएको हो । 

‘निर्माण क्षेत्र विगत आवदेखि सम्पन्न गरिसकेका आयोजनाको भुक्तानी राज्यको तर्फबाट हुन नसकेको कारण बैंकबाट लिएका कर्जा एवं निर्माण उपकरण तथा निर्माण सामग्रीको भुक्तानी आयोजनाबाट भुक्तानी भएपश्चात् सम्बन्धितले पाउने गरिदिएको चेक तथा जमानत जफत गरीकालो सूचीमा र प्रहरी धरकपड भई गुज्रिरहेको निर्माण क्षेत्रलाई आर्थिक वर्ष २०८१/८२ को नेपाल राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिले संकटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सुचारु हुनका लागि यो मौद्रिक नीति कोसेढुंगा साबित हुने हाम्रो विश्वास छ,’ नेपाल निर्माण उद्योग परिषद्ले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । 

साथै उद्योग परिषद्ले मौद्रिक नीतिमार्फत जारी भएका सबै व्यवस्थाहरूले निर्माण उद्योग क्षेत्र मात्र नभई समग्र वित्तीय क्षेत्रमा संकटमुक्त हुनेसमेत विश्वास लिएको जनाएको छ ।

‘मौद्रिक नीतिमार्फत जारी भएका यी सबै व्यवस्थाले निर्माण उद्योग क्षेत्र मात्र नभएर समग्र वित्तीय क्षेत्र र आर्थिक क्षेत्रसमेत संकटमुक्त भई व्यवसाय गर्ने वातावरण सहज हुन जाने हाम्रो बुझाइ छ, ’ विज्ञप्तिमा भनिएको  छ । 

यस्तै, निर्माण उद्योग परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारको निर्देशनमा नेपाल राष्ट्र बैकले यो मौद्रिक नीति सार्वजनिक गरेर आफ्ना माग सम्बोधन भएकोमा धन्यवाद व्यक्त गरेको छ । 





  • प्रकाशित मिति : साउन १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया