अस्थायी शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं– आफूले खाईपाई आएको रोजगारी नखोस्न माग गर्दै अस्थायी शिक्षकहरूले शुक्रबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका छन् । अस्थायी–करार शिक्षक केन्द्रीय संघर्ष समितिको आयोजनामा काठमाडौंको भद्रकालीदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको थियो । 

सरकारले शिक्षा ऐन संशोधन गरेर अस्थायी शिक्षकलाई एकपटक परीक्षाको मौका दिने र असफल भएकालाई अनिवार्य अवकाश दिने निर्णय गरेको थियो । शिक्षक सेवा आयोगको परीक्षामा १३ हजार शिक्षक परीक्षामा असफल भई अनिवार्य अवकाशको स्थितिमा पुगेका छन् । यसरी रीक्षामा असफल भएका शिक्षकहरूले आफूहरूलाई रोजगारीबाट विस्थापित गर्न नपाइने र पटक–पटक आन्तरिक परीक्षा गरेर स्थायी गर्नुपर्ने माग राखेका छन् ।

सुरुमा थाल जुलुस निकाल्ने योजनामा रहेका शिक्षकहरूबाट प्रहरीले थाल खोसेको थियो । त्यसपछि रित्तै नारा जुलुस गर्दै नयाँ बानेश्वर पुगेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

ऐनमा आन्तरिकबाट ७५ र खुलातर्फ २५ प्रतिशत सिट परिपूर्ति गर्ने भनिए पनि आन्तरिकका लागि ७५ प्रतिशत सिट नदिइएको उनीहरूको आरोप छ । 





  • प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार १७:१४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया