छोरा–छोरीसँगै बाबु विद्यालय भर्ना

ओखलढुंगा– ओखलढुंगामा एकै परिवारका बाबु, छोरा र छोरी एउटै विद्यालय भर्ना भएका छन् । सुनकोशी गाउँपालिका–६ पारा स्थित दामती माध्यमिक विद्यालयमा एकै परिवारका तीनजना भर्ना भएका हुन् । 

पाराका ३० वर्षीय हरिबहादुर लुम्रे मगर, उनकी छोरी १० वर्षीया ऋतु लुम्रे मगर र छोरा ५ वर्षीय हिमाल लुम्रे मगर एकैपटक विद्यालय भर्ना भएका हुन् । बाबु हरिबहादुर कक्षा ८मा, छोरी ऋतु लुम्रे मगर कक्षा ४ तथा छोरा हिमाल लुम्रे मगर कक्षा १ मा भर्ना भएका छन् ।  

लामो समय विदेश बसेर आएका हरिबहादुरले अहिले आएर हरि बहादुरले पढाइको महत्व बुझेर पुनः विद्यालय भर्ना हुन आएकोमा विद्यालयले खुसी व्यक्त गरेको छ । उनलाई पुनः विद्यालय भर्ना हुन आएको भन्दै विद्यालयले फुलमाला तथा अबिर लगाएर स्वागत गरेको छ ।

आफ्ना सन्तानसँगै विद्यालय भर्ना हुन पाएकोमा खुसी व्यक्त गर्दै उनले छोराछोरीसँगै अब नियमित विद्यालय जाने प्रतिबद्धता जनाएका छन् । 





  • प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार १८:२६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया