सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा व्भििन्न राजनीतिक दलसँग मौखिक तथा लिखित सुझाब् लिएको छ ।
आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा एमालेलगायत अन्य दलले सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा मौखिक तथा लिखित सुझाब दिएको सभापति सभापति सूर्य थापाले जानकारी दिए ।
उनले भने,‘अहिलेको सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा संसदले हामीलाई प्रदान गरेको कार्यदेशमा आधारित भएर सुझाब दिन लिखित पत्रचार गरेका थियौँ । आज एमालेको तर्फबाट प्रदीप ज्ञवालीले बैठकमा लिखित रूपमा सुझाव हस्तानतरण गर्नुभएको छ । अन्य केही दलले पनि मौखिक तथा लिखित सुझाब दिनुभएको छ ।’
आजै चाटर्ड एकाउन्टेन्टसम्बन्धी संस्थाका प्रतिनिधिसँग छलफल गरेको पनि उनले जानकारी दिए । सुझाबका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने उनको विश्वास छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।