कास्कीको पोखरा महानगरपालिका–२१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन् । बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगर–२१ का वडाध्यक्ष दीपक सुवेदीले जानकारी दिए ।
बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए । बसमा रहेका विद्यार्थी र चालक पनि घाइते भएको सुवेदीले बताए । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।