सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङले १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
उनले भने,‘विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन अर्थात् एक हजार मिलियन अमेरिकी डलर १३ अर्ब ३३ करोड नेपाली बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ ।’
त्यस्तै १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने पनि निर्णय भएको जानकारी दिए ।
उनले भने,‘राष्ट्रिय परिचयपत्र वितरण निर्देशिका २०७५ को दफा १५ को उपदफा २ बमोजिम १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।