logo-img

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआइसी एसिया बैंकको आग्रह

एनआइसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । ​

बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐनबमोजिम आन्तरिक राजस्व विभागले जारी गरेको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले प्यान नम्बर अद्यावधिक गर्न बैंकले ग्राहकलाई आग्रह गरेको हो । 

ग्राहकले बैंकको पोर्टल प्यान अपडेट एनआईसी एसियाबैंक डटकम वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने बैंकले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले भनेको छ ।  

हेर्नुहोस् बैंकले जारी गरेको विज्ञप्ति : 





  • प्रकाशित मिति : साउन १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया