हुम्ला– हुम्लामा अज्ञात रोग देखिएको छ । यसका कारण शुक्रबार रातीसम्म कम्तिमा पनि आठ जनाको मृत्यु भइसकेको छ । हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ८ जनाको मृत्यु भएको हो ।
अचानक ज्वरो आउने, छाती दुख्ने तथा खोकी लाग्ने लक्षण देखिने यो रोग एक साता यता देखिन थालेको हो । बिरामीहरुलाई अन्तिममा सास फेर्न गाह्रो हुने र उनीहरुको मृत्यु हुने गरेको स्थानीयले बताएका छन् ।
एक साताअघि परेको पानी पछि यो रोग फैलिन थालेको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा १० महिने बालकदेखि ५० वर्षभन्दा माथिका व्यक्तिहरु छन् । स्थानीय स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामी परेकाहरुको तत्काल उपचार गर्न नसकिएको त्यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।