logo-img

यूएईमा मृत्युदण्ड सजाय सुनाइएका भुवन र पहलमान ब्लडमनी बुझाएर फर्किए स्वदेश

संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरूले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । 

भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन भने पहलमान थापामगर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । भुवन पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । 

उनीहरूले नवलपरासीको मध्यबिन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ । युएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् । कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी)भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे । 

त्रिभुवन विमानस्थलमा ओर्लदै  पहलमानले आफूहरूले हत्या नगरेको भएपनि झुटो आरोपमा फसाइएको बताए । मृत्यु भएको साँझसँगै रक्सि पिएको भएपनि त्यसपछि आ–आफ्नो कोठामा गएको र त्यसको तीन घण्टापछि मृत भेटिएको बताए । 

पहलमानले भने, ‘हामी साँझसँगै बसेर रक्सि पिएका थियौं । जुन–जुलाईको समय भएकाले त्यहाँ धेरै गर्मी थियो । बाबुराम धेरै नै रक्सि खाएर रुममा गएको थियो । रुममा गएको तीन–चार घण्टापछि आफैँ मरेको हो । त्यस घटनामा ५ जनालाई पक्राउ गरेको भएपनि अरु तीन जना पहिले नेपाल फर्किएका थिए । हामी दुई जना ६ वर्षपछि ब्लडमनि बुझाएर नेपाल फर्किएका हौं ।’ 





  • प्रकाशित मिति : साउन १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया