logo-img

पेरिस ओलम्पिक : फुटबलको क्वाटरफाइनल समीकरण पूरा, अर्जेन्टिनाले फ्रान्ससँग खेल्ने

पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनलमा पुग्ने ८ टिमको टुंगो लागेको छ । मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलको नतिजासँगै अन्तिम ८ मा पुग्ने टिमको टुंगो लागेको हो ।

यसपटक आयोजक फ्रान्स शतप्रतिशत जितसहित क्वाटरफाइनल खेल्नेछ । मंगलबार राति सम्पन्न ग्रुप स्टेजको अन्तिम खेलमा समूह ‘ए’ को विजेता फ्रान्सले न्यूजिल्याण्डलाई ३–० ले हरायो । उसले ३ खेलबाट ९ अंक जोड्यो ।

समूह ‘ए’ बाट फ्रान्ससँगै अमेरिकाले क्वाटरफाइनलमा स्थान बनायो । गिनीलाई ३–० ले हराएपछि अमेरिकाले समूह ‘ए’ को उपविजेताको हैसियतमा क्वाटरफाइनलमा स्थान बनाएको हो ।  

यस्तै, एसियाली राष्ट्र जापानले समूह चरणमा शतप्रतिशत जित निकाल्यो । समूह ‘डी’ को जापानले ग्रुप स्टेजको चरणको अन्तिम खेलमा इजरायललाई १–० ले हरायो । यस्तै, उसले पाराग्वेलाई ५–० तथा मालीलाई १–० ले हराएको थियो ।

जापानले ३ खेलबाट ९ अंक जोड्यो । यस्तै, मालीलाई १–० ले हराउँदै पाराग्वे ६ अंक जोडेर समूह उपविजेता बन्यो । त्यस्तै, समूह ‘बी’ बाट अर्जेन्टिना र मोरक्कोले क्वाटरफाइनलको यात्रा गरे ।



अर्जेन्टिना समूह विजेता तथा मोरक्कोले विजेताको रूपमा क्वाटरफाइनलको यात्रा गरेका हुन् । समूह चरणमा अर्जेन्टिनाले युक्रेनलाई २–० तथा इराकलाई ३–० ले हराएको थियो । अर्जेन्टिना मोरक्कोसँग भने २–१ ले पराजित भयो । यी दुई टिमबीचको ६–६ अंक भए पनि मोरक्को हेड टु हेडमा अघि रहँदै समूह विजेता बन्यो ।  
 
यस्तै, इजिप्ट समूह ‘सी’ को विजेताको रूपमा क्वाटरफाइनलमा पुग्यो । उसले तीन खेलबाट ७ अंक जोड्यो । इजिप्टले समूह चरणको अन्तिम खेलमा स्पेनलाई २–१ ले स्तब्ध पार्‍यो । 



अब क्वाटरफाइनलमा फ्रान्सले र अर्जेन्टिना तथा अमेरिकाले मोरक्कोको सामना गर्नेछ । यस्तै, इजिप्ट पाराग्वेसँग तथा जापान स्पेनसँग भिड्ने छ । क्वाटरफाइनल खेल २ अगस्टमा हुने छन् । यस्तै, सेमिफाइनल ५ अगस्ट तथा फाइनल प्रतिस्पर्धा ९ अगस्टमा हुने तालिका छ ।  

  • प्रकाशित मिति : साउन १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया