logo-img

केन्द्रीय सदस्यकाे टुंगाे लगाउन माधव नेपालको नेतृत्वमा कार्यदल गठन

महाधिवेशन सम्पन्न भएकाे एक महिना बितिसक्दा पनि नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र आयोगमा रहने नेताहरुको टुंगो लगाउन सकेकाे छैन । केन्द्रीय कमिटी र आयोगका सदस्य चयन गर्नका लागि कार्यदल गठन भएकाे छ । 

बुधबार बसेको केन्द्रीय कमिटी बैठकले कार्यदल गठन गरेकाे हाे । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलको सदस्यमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल छन् ।

एक महिनाअघि सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनले तीन नेताको पद मात्रै टुंग्याएको थियो । बाँकी पदाधिकारी र केन्द्रीय कमिटी सदस्य टुंग्याउन सकेको छैन ।

अघिल्लो कमिटीका पोलिटब्युरो सदस्यहरुलाई भने स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय भएकाे थियाे । साेबमोजिम ९३ जना एकीकृत समाजवादीकाे केन्द्रीय सदस्य बनेका छन् । 

अर्को केन्द्रीय कमिटी बैठक १८ साउनमा बोलाइएको छ ।





  • प्रकाशित मिति : साउन १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया