logo-img

सेयर बजारमा आजसम्मकै सर्वाधिक कारोबार, नेप्सेमा ६४ दशमलव २५ अंककाे वृद्धि

बुधबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो ।

यसअघि ०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको मात्रै ८४ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकमले रेकर्ड बनाएको दिन सेयर बजार परिसूचक नेप्से ६४ दशमलव २५ अंकले बढेर दुई हजार सात सय ६० दशमलव ९० विन्दुमा पुगेको छ ।

आज सबै समूहको सेयर बढेकोमा बिमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको सेयर उच्च अंकले उकालो लागेको छ ।

आज १० वटा कम्पनीका सेयर १० प्रतिशतले बढेको छ । यस्तै, ११ वटा कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन सिभिल बैंक डिबेन्चर २०८८ को सेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।





  • प्रकाशित मिति : साउन १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया