२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

मन्त्री पौडेल भन्छन्- अझै द्वन्द्वका घाउ मेटिएका छैनन्, शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउँछौँ
फाइल तस्बिर

अर्थमन्त्री विष्णु पौडेलले अझै पनि द्वन्द्वका घाउहरू नमेटिएको भन्दै शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । 


बुधबार काठमाडौंमा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको ३२ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझै पनि द्वन्द्वका घाउहरू बाँकी रहेकाले शान्ति प्रक्रियालाई एउटा निष्कर्षमा पुर्‍याउने बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको बताए । 



उनले भने, ‘पछिल्ला दिनहरूमा हामी देखिआएका छौँ, नेपालले  एउटा अनुचित  एउटा कहालीलाग्दो द्वन्द्वबाट नेपाली समाज मुक्त भएको छ । हिंसाबाट  शान्तिमा रूपान्तरण गरेका छौँ, शान्तिको  स्थापना भएको छ, अझै पनि द्वन्द्वका घाउहरू मेटिएका छैनन् , शान्ति प्रक्रियालाई एउटा निष्कर्षमा पुर्‍याउने  केही काम बाँकी नै  छन् । यो शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा हामी सबैको  काँधमा छ ।’

साथै उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सबै निष्कर्षहरू पिडितमैत्री हुनुपर्ने बताए । 





  • प्रकाशित मिति : १६ साउन, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया