logo-img

अझै पनि द्वन्द्वका घाउ मेटिएका छैनन्, शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउन आवश्यक : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले अझै पनि द्वन्द्वका घाउ नमेटिएको भन्दै शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका छन् । 

बुधबार काठमाडौंमा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको ३२औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझै पनि द्वन्द्वका घाउ बाँकी रहेकाले शान्ति प्रक्रियालाई एउटा निष्कर्षमा पुर्याउन बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको बताए । 

उनले भने, ‘पछिल्ला दिनमा हामी देखिआएका छौँ, नेपालले  एउटा अनुचित  एउटा कहालीलाग्दो द्वन्द्वबाट नेपाली समाज मुक्त भएको छ । हिंसाबाट शान्तिमा रुपान्तरण गरेका छौँ, शान्तिको स्थापना भएको छ, अझै पनि द्वन्द्वका घाउ मेटिएका छैनन् , शान्ति प्रक्रियालाई एउटा निष्र्कषमा पुर्याउन केही काम बाँकी नै छन् । यो शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा हामी सबैको काँधमा छ ।’

साथै उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सबै निष्कर्ष पीडितमैत्री हुनुपर्ने बताए । 
 





  • प्रकाशित मिति : साउन १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया