नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर एक, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् छ ।
नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । भने झापा, विराटनगर जनकपुरलगायतका स्थानमा १६७ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गमा प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ निगमले जनाएको छ ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।