ट्रम्पमाथि मोबाइल प्रहार, जवाफमा ट्रम्पले भिडतिर फ्याँके पेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मोबाइल प्रहार भएको छ । बन्दुक समर्थकहरुको र्यालीमा राष्ट्रपति ट्रम्पलाई निसाना बनाएर मोबाइल फोन प्रहार भएको हो ।

मञ्चमा रहेका ट्रम्पलाई निसाना बनाएर एक युवकले फ्याँकेको मोबाइल उनीभन्दा केही पर खसेको थियो । राष्ट्रपति ट्रम्प मोबाइल फोन कहाँनेर खस्यो भनेर ध्यानपूर्वक नियालिरहेका देखिए । 

नेसनल राइफल एसोसिएसनले गरेको कार्यक्रममा राष्ट्रपति ट्रम्प सहभागी भएका थिए । मिडिया रिपोर्टका अनुसार प्रहरीले मोबाइल फ्याक्ने युवकलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ । मोबाइल हिर्काउनुको कारण भने खुलिसकेको छैन । 

घटनापछि ट्रम्पले भिडतिर हावामा एउटा कलम फ्याँके, र बाराक ओबामाको पालामा भएको हतियार व्यापार सन्धि खारेज गर्ने घोषणा गरे । राष्ट्रपति ट्रम्पले जनतालाई हतियार राख्न दिने कानुनको समर्थन गरे । 



यस घटनाले ११ वर्षअघि तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसमाथि जुत्ता प्रहार भएको घटनाको झल्को दियो । सन् २००८ मा इराक भ्रमणका क्रममा एक पत्रकारले बुसमाथि जुत्ता प्रहार गरेका थिए । 



  • प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार ९:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया