logo-img

पुष्पलालको विचारबाट म प्रभावित भएको हुँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट  आफू प्रभावित भएको बताएका छन् । बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले  सबै  योद्धाहरूलाई  सम्झिनुपर्ने  बताएका हुन् । 

उनले  भने, ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको  विचारबाट  म प्रभावित हुँ, २०२६ सालमा उहाँले  सञ्चालन गर्नुभएको  पार्टीको  सदस्य र  अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको  नाताले सबैलाई  धन्यवाद दिन चाहन्छु ।’

साथै पर्यटन मन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले  ठुलो  खुसी दिएको  बताए । उनले  गरिब जनताको  लागि हाँसो ल्याउने  संघर्ष  नै  उनको  रहेको बताए ।  

उनले  भने, ‘मुलुकलाई  एउटा समृद्धि र  विकास बनाउनको  लागि पुष्पलालहरूले गरेको संर्घषको वर्णन गर्नै  सकिन्न ।  उहाँहरूले  देखाएको  बाटो  गरिब जनताको नाममा लिएको  हाँसो  र खुसी सम्झन लायक छ ।’ 





  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया