logo-img

विद्यादेवी भण्डारीले सम्झिन् तुल्सीलाल अमात्य, भन्छिन्- किसानको लागि क्रान्तिकारी काम गरेका थिए

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुल्सीलाल अमात्यले किसानहरूको  लागि क्रान्तिकारी काम गरेको बताएकी छन् ।  २७ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा बोल्दै उनले कम्युनिष्ट नेतामा हुनुपर्ने गुण तुल्सीलालमा भएको जिकिर गरेकी हुन् । 

उनले  भनिन्, ‘तुल्सीलालले क्रान्तिकारी काम गर्नुभएको छ । २००६ साल भाद्र ३० गते नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय  संगठन समितिको सदस्य बन्नुभयो । यसरी नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपाको स्थापना कालदेखि नै नेतृत्वदायी  भूमिकामा रहँदै आउनु भएका तुल्सीलाल अमात्य जसको नेतृत्वमा मधेशका जिल्लाहरूमा किसान आन्दोलनको अगुवाइ गर्नुभएको थियो । उक्त आन्दोलनको  शिलशिलामा करोडौँ रुपैयाँ बराबरका जाली तमसुकहरू च्यात्ने काम समेत गरेर क्रान्तिकारी काम उहाँले गर्नुभएको थियो ।’

साथै उनले तुल्सीलाल अमात्य अर्थशास्त्रका ज्ञाता भएको समेत बताइन् । उनले पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन तुल्सीलालको भूमिका महत्त्वपूर्ण भएको दाबी  गरिन् । उनले अमात्यको उच्च क्रान्तिकारी, नैतिकता, चरित्रबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनुपर्ने बताइन् ।  





  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया