logo-img

उपचारपछि घर फर्किए दुर्घटनामा परेको सौर्य एयरलाइन्सका पाइलट शाक्य

दुर्घटनामा परेको सौर्य एयरलाइन्सका पाइलट मनीषरत्न शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । विमान दुर्घटनामा गम्भीर घाइते भएका शाक्य सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारपछि घर फर्किएका हुन् । 

गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि  पोखरा उड्ने क्रममा विमान दुर्घटना भएको थियो । सो दुर्घटनामा विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो ।

शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया