सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।
यही साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज रु एक सयले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।