राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
गत वैशाख १४ गतेबाट सञ्चालन भएको यस वर्षको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ६१ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र रहेका थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका हुन् ।
बोर्डले जापानमा एक परीक्षा केन्द्रसहित देशभर १ हजार ५२६ परीक्षा केन्द्र तोकेको थियो ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।