logo-img

प्युठानमा तीन जनामा हैजा संक्रमण पुष्टि

प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् । 

गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मीनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए ।

तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो’, उनले भने । गौमुखी गाउँपालिकाका आठ जनामा  झाडापखाला देखिएको थियो । उनीहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  





  • प्रकाशित मिति : साउन १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया