logo-img

मन्त्री भण्डारीको चेतावनी- काम गर्न नसक्ने भए बाटो खाली गर्नू
फाइल तस्बिर

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काममा हुने ढिलासुस्तीलाई अन्त्य गर्न मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा मातहतका महाशाखा, विभाग तथा आयोजना कार्यालयका प्रमुखसँगको समीक्षा बैठकमा उनले काम गर्न नसके मार्ग प्रशस्त गर्नसमेत आग्रह गरे ।

‘हामी आगामी कार्यक्रम समय तोकेरै निर्धारण गर्नेछौँ र सोहीबमोजिम कार्य सम्पादन गर्नुपर्छ’, उनले भने, ‘काम गर्न नसक्नेहरूले बाटो खाली गर्न सक्नुहुन्छ ।’ उनले ६ महिनामा देखिने गरी कम गर्न नसके आफू पनि जिम्मेवारीमा नरहने बताए ।

मन्त्री भण्डारीले चालू खर्च शतप्रतिशत हुने र पुँजीगत खर्च निकै कम हुने गरेको उल्लेख गर्दै उक्त समस्या समाधान हुने गरी काम गर्न आग्रह गरे । 

‘अहिले देखिएका समस्या मलाई भन्नुहोस्, समाधान गर्ने जिम्मेवारी मेरो हो । तर, काममा कुनै सम्झौता हुँदैन’, उनले भने, ‘जनगुनासो नआउने गरी काम गर्न म सबैलाई निर्देशन दिन्छु ।’ मन्त्री भण्डारीले मन्त्रालय सुधारका लागि १० दिने अन्तरक्रिया कार्यक्रमसमेत राखेका छन् ।

मन्त्री भण्डारीले अनलाइनबाट सेवा प्रवाह गर्ने उल्लेख गर्दै कुनै पनि व्यवसायी फाइल बोकेर मन्त्रालय आउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले जनशक्ति अभाव भए आफूलाई भन्न पनि आग्रह गरे ।



उनले तीन महिनामा एक तिहाइ काम सम्पन्न गरिसक्न र सोही अनुसार शतप्रतिशत नतिजा दिनका लागि उच्च मनोबलका साथ काममा खटिन पनि निर्देशन दिए । 



  • प्रकाशित मिति : साउन १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया