विष्णु पौडेलले किनेको जग्गा जफत हुँदैन : भूमिसुधारमन्त्री अर्याल

काठमाडौं– भूमिसुधारमन्त्री पद्मा अर्यालले नेकपा महासचिव विष्णु पौडेलले किनेको बालुवाटारको जग्गा सरकारले जफत नगर्ने बताएकी छिन् । पौडेलले आफ्ना छोरा नवीनको नाममा किनेको जग्गा मोही कायम भएको जग्गा भएको पाइएको मन्त्री अर्यालको दाबी छ ।

प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास विस्तार गर्दा व्यक्तिको जग्गा लिएर ललितानिवासमा सट्टा दिएको र त्यसमध्ये केही राजकुलो, बाटो भएको पाइएको बताउँदै मन्त्री अर्यालले यसबारे छानबिन भइरहेको बताइन् ।

‘जहाँसम्म विष्णु पौडेलले जुन जग्गा किन्नु भएको छ, त्यो मोही कायम भएको जग्गा हो, शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले भनिन्, ‘यो वैधानिक छ ।’ सो जग्गा मोही कायम भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैटौँ मान्छेका रूपमा नवीनको नाममा हस्तान्तरण भएको मन्त्री अर्यालले दाबी गरिन् । 

सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा व्यक्तिको नाममा गइसकको भए पनि त्यो सरकारकै हुने उनले बताइन् । त्यस्ता साढे ४ सय कित्ता किटान गरेर रोक्का राख्ने निर्णय भइसकेको उनले बताइन् ।





  • प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार १४:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया