रवीन्द्र मिश्र नेतृत्वकाे पार्टीले फेर्यो नाम

काठमाडौं– यसअघि विवेकशील साझा पार्टी नाम भएको रवीन्द्र मिश्र नेतृत्वको पार्टीले नाम फेरेको छ । अब उसको नाम साझा विवेकशील दल हुने भएको हो । 

मिश्रको नेतृत्वमा सुरुमा साझा पार्टीको नाममा खुलेको दलले विवेकशील पार्टीसँग एकता भएपछि विवेकशील साझा पार्टी नाम राखेको थियो । तर, केही महिनाअघि मात्र उज्ज्वल थापा नेतृत्वले यो पार्टी छोडेर विवेकशील नेपाली दल गठन गरेको छ । 

पार्टीले जारी गरेको विज्ञप्तिमा  हालैको समयमा पार्टीबाट छुट्टिएर गएका साथीहरूले पनि ‘विवेकशील’ नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आमरूपमा देखिएको अन्यौल र भ्रम चिर्न, त्यसले सृजना गरेका प्राविधिक जटिलताहरुलाई सहज बनाउन तथा धेरै शुभेच्छुकहरूको अनुरोधलाई आत्मसात गर्न पार्टीले आफ्नो नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’मा परिवर्तन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

साथै यो पार्टीले  जेठको १ गतेदेखि कम्तिमा तीन महिना वैकल्पिक राजनीतिको भरपर्दो संवाहक बन्न सक्ने पार्टी निर्माणका लागि आम सर्वसाधारणसँग खुल्ला अन्तर्कृया गर्न पार्टी नेतृत्व देशको यात्रामा निस्कने पनि जनाएको छ । 

 





  • प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार १५:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया