राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आगामी वैशाख तेस्रो साता गर्नका लागि सुझाब दिइएको छ । रास्वपाको बन्द कार्यशालाले केन्द्रीय समितिलाई दिएको १५ बुँदे सुझाबमा आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न उपयुक्त हुने ठहर गरेको छ ।
बन्द कार्यशाला शनिबार सम्पन्न भएको थियो । पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि बन्द कार्यशाला आयोजना गरिएको बताइएको छ ।
कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो ।
सोही छलफलका आधारमा १५ बुँदे सुझाब दिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।