काठमाडौं– नेपाल पत्रकार महासंघले प्रमुख राजनीतिक पार्टीका नेताहरुलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि दबाब अभियानअन्तर्गत राजनीतिक पार्टीका प्रमुख नेतालाई ध्यानाकर्षणपत्र बुझाउन लागिएको महासंघका सचिव प्रकाश थापाले जानकारी गराए ।
दबाब अभियानअन्तर्गत महासंघले वैशाख १५ गते आइतबार नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै ध्यानाकर्षणपत्र बुझाउने भएको हो ।
महासंघ सचिव थापाका अनुसार नेकपा अध्यक्ष प्रचण्डलाई बिहान ७ १५ बजे उनकै निजी निवास खुमलटारमा र कांग्रेस सभापति देउवालाई बिहान ९ १५ बजे उनकै निजी निवास बुढानीलकण्ठ, काठमाडौं ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम छ ।
महासंघले सोसम्बन्धी समाचार संकलन एवं संप्रेषणका लागि सञ्चारमाध्यमहरूलाई अनुरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।