logo-img

सुदूरपश्चिममा आज नयाँ सरकार गठन, कांग्रेसका शाह मुख्यमन्त्री बन्दै
फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउन लागेको हो ।

त्यसका लागि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए । केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो ।  

सोहीअनुसार आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ । उक्त दाबीमा एमालेले पनि समर्थन गर्नेछ । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । 

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । मुख्यमन्त्रीमा कांग्रेसबाट संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्ने सम्भावना बलियो  छ ।    

त्यसबारे औपचारिक निर्णय गर्न कांग्रेसले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । 





  • प्रकाशित मिति : साउन २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया