उपत्यकाका अव्यवस्थित घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप बन्दै गइरहेको छ । ललितपुरको गोदावरी नगरपालिका–८ मा न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ ।
कतै मापदण्डअनुसार जग्गा नछोडी प्लटिङ गरिएको त कतै जङ्गल र सार्वजनिक जग्गा समेत मिचेर प्लटिङ गरिएको भए पनि सरोकार वाला निकाय मौन छन् । मापदण्ड नपुगीकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन ।
स्रोत : नेपाल न्युज बैंक
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।