logo-img

पेरिस ओलम्पिक : स्वर्णमा चीनको अग्रता, पछ्याउँदै अमेरिका

पेरिस ओलम्पिक खेलमा चीनले अग्रता कायमै राखेको छ । आइतबारसम्म ऊ १६ स्वर्ण, १२ रजत र नौ कास्यसहित सबैभन्दा बढी ३७ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । 

दोस्रोमा संयुक्त राज्य अमेरिकाले १४ स्वर्ण, २४ रजत र २३ कास्यसहित कुल ६१ पदक हात पारेको छ । फ्रान्सले १२ स्वर्ण, १४ रजत र १५ कास्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।  

त्यसैगरी, चौथो स्थानमा रहेको अस्ट्रेलियाले १२ स्वर्ण, आठ रजत र सात कास्यसहित २७ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १० स्वर्ण, १० रजत र १३ कास्यसहित कुल ३३ पदक जितेको छ ।    

पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले नौ स्वर्ण, सात रजत र पाँच कास्यसहित कुल २२ पदक जितेको छ भने जापानले आठ स्वर्ण, पाँच रजत र नौ कास्यसहित २२ पदक जित्दै सातौं स्थानमा रहन सफल भएको छ ।  

आठौँ स्थानमा रहेको इटालीले ६ स्वर्ण आठ रजत र पाँच कास्यसहित कुल १९ पदक जितेको छ भने नेदरल्यान्ड्सले ६ स्वर्ण, चार रजत र चार कास्यसहित कुल १४ पदक जित्दै नवौँ स्थानमा रहेको छ ।  

क्यानडाले चार स्वर्ण, चार रजत र सात कास्यसहित कुल १५ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।  





  • प्रकाशित मिति : साउन २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया