त्रिवि क्रिकेट मैदान निर्माणका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरुसँग छलफल गरेका छन् ।
त्रिवि क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारीसहित खेलाडी, खेलप्रेमीसँग छलफल गरेका हुन् । ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि त्रिवि मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णयसमेत गरेका थिए ।
पदाधिकारी खेलाडीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरूबीच छलफल भयो । यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।