आइतबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
दोस्रोमा चीनले १९ स्वर्ण, १५ रजत र ११ कास्यसहित कुल ४५ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १८ कास्य पदकसहित कुल ४४ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै, चौथो स्थानमा रहेको अस्ट्रेलियाले १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित ३१ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १० स्वर्ण, १२ रजत र १५ कास्यसहित कुल ३७ पदक जितेको छ ।
पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १० स्वर्ण, सात रजत र सात कास्यसहित कुल २४ पदक जितेको छ भने जापानले नौ स्वर्ण, पाँच रजत र १० कास्यसहित २४ पदक जित्दै सातौं स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको इटालीले सात स्वर्ण १० रजत र पाँच कास्यसहित कुल २२ पदक जितेको छ भने नेदरल्यान्ड्सले छ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १५ पदक जित्दै नवौँ स्थानमा रहेको छ ।
जर्मनीले पाँच स्वर्ण, पाँच रजत र दुई कास्यसहित कुल १२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।