logo-img

रोहितआबद्ध टोरन्टो ५२ रनमै अलआउट, ७ विकेटले गुमायो खेल
फाइल तस्बिर

चौथो सिजनको ग्लोबल टी–२० क्यानडामा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरन्टो नेसनल्सले लज्जास्पद हार बेहोरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा टोरन्टोले मोन्ट्रियल टाइगससँग ७ विकेटको हार बेहोरेको हो । 

यस खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टो ११.१ ओभरमा ५२ रनमै अलआउट भयो । उसका लागि जतिन्दरपाल मथारुले सर्वाधिक १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

टोरन्टोले दिएको ५३ रनको सामान्य लक्ष्य मोन्ट्रियलले ११.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । यस खेलमा टोरन्टोमा सम्मिलित रोहितले भने प्लेइङ–११ मा मौका पाएका थिएनन् । उनले प्लेइङ–११ मा मौका नपाएको यो लगातार चौथो खेल हो । 

यो हारका बाबजुद टोरन्टोले एलिमिनेटरमा स्थान बनायो । उसले एलिमिनेटरमा खेल्ने प्रतिद्वन्द्वी टिमको टुंगो लाग्न बाँकी छ ।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीआबद्ध भ्यानकुभर नाइट्सले भने जारी सिजनमा सात म्याचमध्ये पाँचमा हार, एकमा अंकमा बाँड्दा एक खेलमा मात्र जित निकाल्यो ।

ऊ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।   





  • प्रकाशित मिति : साउन २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया