logo-img

बंगलादेशी राष्ट्रपतिको आदेश : पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्नू

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहाइ गर्न आदेश दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेपछि राष्ट्रपति शहाबुद्दिनले जियालाई जेलबाट रिहा गर्न निर्देशन दिएका हुन् ।  

७८ वर्षीया जियालाई सन् २०१८ मा जेल सजाय सुनाइएको थियो । उनीमाथि हसिना नेतृत्वको सरकारले भ्रष्टाचार मुद्दा लगाएको थियो । राष्ट्रपति शहाबुद्दिनले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीलाई समेत रिहा गर्न निर्देशन दिएका छन् । 

राष्ट्रपति शहाबुद्दिनका अनुसार अब अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यु अन्त्य हुनेछ । यद्यपि सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी छ ।





  • प्रकाशित मिति : साउन २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया