बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना बाजेद नेतृत्वको सरकारका मन्त्रीहरू पक्राउ परेका छन् । उनीहरूलाई देश छाडेर भाग्न लाग्दै गर्दा पक्राउ गरिएको हो ।
देश छाड्नका लागि हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनीहरूलाई पक्राउ गरेर सेनालाई बुझाइएको छ । सो क्रममा पूर्वविदेशमन्त्री हसन महमुद र पूर्वसञ्चार राज्यमन्त्री जुनैद अहमद पलक समातिएका छन्।
तर, पूर्वशिक्षामन्त्री मोहीबुल हसन चौधरी, ग्रामीण विकासमन्त्री तजुल इस्लाम, वित्तमन्त्री अबुल हसन महमुद अली, खेलकुद मन्त्री नजमुल हसनलगायतलाई भने विदेश जान दिइएको छ।
हसिना नेतृत्वको पार्टी अबामी लिगको विद्यार्थी संगठन बंगलादेश छात्र लिगका नेताहरू पनि पक्राउ परेका छन् । बंगलादेश छात्र लिगका नेताहरु तनविर हसन सैकत र रियाज महमुद पनि पक्राउ परेका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।