logo-img

बंगलादेशको अन्तरिम सरकार प्रमुखमा मुहम्मद युनुस

बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा मुहम्मद युनिस चुनिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार बिजेता युनिसलाई अन्तरिम सरकारको प्रमुख चुनेको हो । 

सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी थिए । युनिस गरिबीविरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । 

उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन् । गत जनवरी महिनामा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो । यद्यपि उनी जेलमा भने बस्नु परेको थिएन ।  





  • प्रकाशित मिति : साउन २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया